वर्षातले बुटवल मेला प्रभावित, आजका सबै कार्यक्रम स्थगित


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

मौसममा आएको परिवर्तनसंगै भएको वर्षाका कारण देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेला प्रभावित भएको छ । बिहानैदेखि परेको वर्षाका कारण शुक्रबारका सबै कार्यक्रमहरु स्थगित भएका हुन् ।

मौसममा सुधार देखिएपछि मेला नियमित रुपमा कार्यक्रम सञ्चालन हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए । मेलामा वर्षातका कारण उद्योगी व्यवसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधा पर्न गएको बताउँदै अध्यक्ष हमालले प्रकृतिलाई कसैले पनि रोक्न नसकिने उल्लेख गरे । पुसको ९ गतेदेखि सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गर्ने पूर्व तयारीका बिच भएको वर्षाले मेला सञ्चालनमा केही समस्या आएपछि मेलामा निर्माण गरिएका संरचना तथा राखिएका स्टलहरुमा कुनैप्रकारको क्षेती नभएको मेला सचिवालयले जानकारी दिएको छ ।

मेला सचिवालयका अनुसार शुक्रबार स्थगित भएका सबै कार्यक्रम शनिबार देखि यथावत रुपमा सञ्चालन गरिने छ भने मेला अवलोकनकालागि समेत शनिबारदेखि खुल्ला गरिने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com