बुटवलमा गुणस्तर मापन प्रयोगशाला


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

रुपन्देहीको बुटवल उप-महानगरपालिकाले स्थानीय तहमा पहिलो पटक गुणस्तर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । उक्त प्रयोगशालाको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका छन् । सो अवसरमा प्रमुख सुवेदीले भवनसंहिताको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने बताए । बुटवलमा निर्माण कार्यका लागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच अब यही प्रयोगशालामा गराइने छ । बुटवलले भवनसंहिताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम लागू गरेको छ । प्रयोगशालामा बुटवल र बाहिरका आयोजनाका लागि अलग अलग दररेट निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

प्रयोगशालामा सिभएना लाइसिस सब बेस तथा बेस, फिल्ड डेनसिटी, प्रोक्टर कम्प्याक्ट प्रतिसेट, कम्प्रेसिभ स्ट्रेन्थ क्युब र डक्टाइलको परीक्षण गरिने इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com