राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेद्वारी


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश ५ मा ९ जनाले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीबाट तीन-तीन जना, समाजवादी पार्टीबाट दुईजना र राष्ट्रिय जनमोर्चा पाटीबाट एक जनाले मनोनयन दर्ता गराएका छन्।

प्रदेश ५ मा नेकपाबाट अपाङ्ग सदस्यमा जगप्रसाद शर्मा, महिला सदस्यमा विमला घिमिरे र अन्यबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा मेहराज अहमद हलुवाई र अन्यबाट बालकृष्ण पाण्डेले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि समाजवादी पाटीबाट दुई जनाले मनोनयन दर्ता गराएका छन्। समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा सुनिल सिंगल र अन्यबाट कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी राष्ट्रिय जनमोर्चा पार्टीबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५ मा तीन सय ५ जना मतदाताहरू रहेका छन्। जसमा प्रदेशसभा सदस्य ८७ जना र १२ जिल्लाका एक सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १८ जना रहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com