लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा सुरु


प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पूर्व मृगौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल प्रमुख डा. राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्रबिन्दुको अस्पताल भएकोले सेवाकोबारे सबैलाई सुसूचित गर्ने दायित्व भएको बताए । खनालले अस्पतालको सेवामा कुनै कमीहुन नदिने बताए । लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा.शक्ति बस्नेतले डायलोसिस सेवाकोबारे जानकारी गराएका थिए । बस्नेतले अहिले ५ बेडबाट यो डायलोसिस सेवा दिने र पछि आवश्यकता अनुसार थप गर्दे लैजाने बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com