सभामुखमा कुरा नमिलेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको हो ।

सहमतिको लागि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन्। आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन्।

बैठक आज दिउसो १ बजे बस्ने तालिका थियो । यसअघि ११ दिन सारेर आज बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक सहमति नभएपछि अब माघ ६ गते दिनको १ बजे बस्ने गरी सूचना टाँसेर माघ स्थगित गरिएको जानकारी दिइएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com