अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए । “लागुऔषध दुरेव्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकालाई नियन्त्रणमा लिएका छौँ,” उनले भने। पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

यसअघि शनिबार मात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबु नयाँ बसपार्क क्षेत्रको विकृति तथा विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने बताएका थिए । –रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com