आजको मौसम : दिनभर पानी र हिउँ पर्ने, भोलिदेखि मौसममा सुधार


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हिजोदेखि देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने महाशाखाको अनुमान रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com