प्रदेश ५ को हिउँदे अधिवेशन, नाम र राजधानीको विषय प्राथमिकतामा


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

प्रदेश ५ को संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयले प्रवेश नपाएता पनि आजबाट सुरु भएको संसदको अधिवेशनमा सर्वाधिक र्चचामा रहेको प्रदेशको नाम र राजधानीको विषय विशेष प्राथमिकतामा रहेको छ । प्रदेश सरकारकै मन्त्रीहरुले पनि सार्वजनिक कार्यक्रम मार्फत प्रदेशको नाम र राजधानी टुंगो लाग्ने दाबी गर्दै आएका छन् । प्रदेशको स्थायी राजधानी रुपन्देही की दाङ हुने भन्नेमा विवाद रहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आईतबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन् । जेठ २ गतेदेखि सुरु भएर असोज २ गते सकिएको भएको बजेट अधिवेशन (चौथौ बैठक) पछि संसद विजनेशविहिन थियो । यसपटकको हिउँदे अधिवेशनमा भने चल्ने बिजनेशको अभाव हुन नदिने सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । सरकारले ६ वटा विधेयक संसद पठाउने गरि तयारी गरेको सरकारका प्रवत्ता मन्त्री चौधरीले बताए । प्रदेश ५ मा नेकपा ६१, नेपाली काँग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद गरी ८७ जना छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com