‘एमसिसी पारित गर्ने पक्षमा कांग्रेस’


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

नेपाली कांग्रेसका सभापति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को पक्षमा आफुहरु रहेको बताएका छन् । प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले एमसिसी पारित गर्ने पक्षमा कांग्रेस रहेको बताए । उनले भने, एमसिसी मेरो पालमा सम्झौता भएको हो, यसको पक्षमा कांग्रेस छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठुलो राशीको आर्थिक सहयोग गर्न लागेको भन्दै यो धेरै महत्वको कुरा भएकाले कुनै पनि हालतमा नरोक्न नहुने जिकिरे गरे । उनले त्यो सहयोगले विद्युत् तथा सडक निर्माणमा धेरै सहयोग हुने दाबी गरे । देउवाले आफ्ना पाला सम्झौता भएको भएतापनि यसलाई अहिलेको सरकारले अगाडी बनाउने आफु विश्वस्त रहेको उल्लेख गरे । उनले आफ्नो पालामा प्रदेश ५ को राजधानी बुटवलमा अस्थाई तोकेको भन्दै अहिलेको सरकारले नै स्थायी राजधानी तोक्ने बताए । राष्ट्रियताको पक्षमा बोल्दा साथीलाई चित्त दुखाई उनको भनाई छ । उनले भने, कालापानी, लिपुलेक नेपालको हो भन्दा भारतको भन्दा साथीहरुको बढि चिक्त दुखेछ ।

सभापति देउवाले वर्तमान सरकारले २ बर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको आरोप समेत लगाए । अहिलेको सरकारले २ बर्ष हुदाँ पनि २ वटा राम्रा गर्न नसकेको भन्दै उनले कार्यकर्तालाई पैसा बाड्ने र भष्ट्राचार बढाएको समेत आरोप लगाए । उनले कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको भन्दै कुनै मुद्धालाई लिएर कांग्रेसले कुर्सी तथा रेलिङ नभाचेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com