आजको मौसम: देशका केहि ठाउँमा पानी र हिउँ पर्ने


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना छ ।

त्यस्तै तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि सोमबार दिनभर हट्ने सम्भावना छैन । काठमाण्डौसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको छ । अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमबार बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com