राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को तीनै पदमा नेकपा


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को तीनै पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदावर विजय भएका छन् । अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ नेकपाका जगप्रसाद शर्मा ५ हजार ४ सय २४ मत प्राप्त गरी विजय भएका छन् भने कांग्रेसका मेराजअहमद हलवाईले १ हजार ९ सय ६ मत पाएका छन् ।

खुल्लातर्फ पनि नेकपाका गोपाल भट्टराई ५ हजार ३ सय ८२ मत प्राप्त गरी विजय भएका छन् । कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२ मत पाएका छन् । महिलातर्फ सत्तारुढ नेकपाकी उम्मेदवार विमला घिमिरे विजयी भएकी छिन् । उनी ५ हजार ७ सय २ मत प्राप्त गरी विजय भएकी हुन् ।

त्यस्तै कांग्रेसकी गिरिजादेवी न्यौपाने ले २ हजार १ सय प्राप्त गरेका छन् । स्थानीय तहको १८ र प्रदेश सभा मतभारको ४८ रहेको छ । प्रदेश ५ मा ३ सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । कूल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, समाजवादी पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । -ग्लोबल आवाजको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com