सुनको मूल्य बढ्यो, चाँदी स्थिर


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो ।

बिहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढ्दै ७४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर छ । बिहीबार प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com