एम्बुलेन्सभित्र ३० किलाे गाँजा, तीनजना पक्राउ


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित सरकारी एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बा२झ १७४९ नम्बरको रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीले चालकसहित थप ३ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका-९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com