नवलपुरमा भेटीयो २ वटा टाउको भएको ‘करेत सर्प’


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

नवलपुरमा २ वटा टाउको भएको विषालु करेत सर्प भेटिएको छ । सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले २ वटा टाउको भएको सर्प फेला पारेका हुन् । दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल र्पुयाएका थिए । त्यसलाई अध्ययन गरेर सुरक्षितसाथ राखेको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए ।

करेत प्रजातीको २ टाउका भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाले बताएका छन् । उनका अनुसार २ टाउके करेत भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेका थिए । त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com