विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहकार्य नगरेको भन्दै सिराहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । (रासस)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com