पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । मंगलबार पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले रेग्मीलाई आगामी कार्यकालको लागि कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए । तर बोर्ड सञ्चालक समितिले सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । अधिकृतमा नियुक्त भएका रेग्मी पर्यटन तथा वातावरण अभियन्ता हुन् । दिपक जाेशीको कार्यकाल सकिएपछि बाेर्डकाे कार्यकारी अधिकृत खाली भएकाे थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com