नेविसंघको अध्यक्षमा ढुंगाना


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति घोषणा गरेका छन् । २०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयले राजीव ढुंगानालाई नेविसंघ तदर्थ समितिको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसङ्घ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै मनोज वैद्य र महेश्वरी कुँवरले महामन्त्रीकाे जिम्मेवारी पाएका छन् । १२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसङ्घको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसङ्घ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसङ्घ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com