नेकपाको बैठकले गर्यो ११ बुँदे प्रस्ताव पारित
प्रकाशित मिति : माघ १९, २०७६ आईतबार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ ।
बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पास भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ दिन लामो केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्न सफल भएको बताए ।