नेपालले ओेमानलाई दियो २५० रनको लक्ष्य
प्रकाशित मिति : माघ २६, २०७६ आईतबार
त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई २५० रनको विशाल लक्ष्य दिएको छ । आईसिसि विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । उनले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन दिए । अर्का ओपनर सुवास खकुरेलले २२ रन दिए । त्यस्तै पूर्वकप्तान तथा पारस खड्काले ३८, कुशल मल्लले २८, आरिफ सेखले २८, विनोद भण्डारीले ३५, करन केसीले १०, सन्दिप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए । दिपेन्द्रसिंह ऐरी भने शुन्य रनमै आउट भए ।
ओमानको लागि इक्यब आलिएसले ४ र मोहम्मद नाबिले ३ विकेट लिए ।