पूर्वप्रधामन्त्री नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित मिति : माघ २९, २०७६ बुधबार
सर्वोच्च अदालतमा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा र्पुयाउने निर्णय गरेकोले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दर्ता गरेका छन् ।
मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ब्याख्या गलत रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेको बताएका छन् ।