सोलुखुम्बू केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युटको भूकम्प


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

सोलुखुम्बू केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ५५ मिनेट जाँदा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ बैशाख १२ मा आएको महाभूकम्पका कारण नेपालमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com