१२३ नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिए


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतकै क्वारेन्टाइनमा बसेका एक सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली नाकास्थित लखन्देही खोलामा छाडिदिएका हुन् ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको अनुरोधमा भारतको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूलाई रातको समयमा लखन्देही खोला हुँदै नेपाल जाने बाटो देखाएर छोडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।

दशगजा क्षेत्रमा आइपुगेका उनीहरूलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले सीमा क्षेत्रमा रोकेर राखेको हो । ‘उनीहरूलाई सीमा क्षेत्रमा गएरातिदेखि नै रोकेर राखिएको छ।’

लकडाउन सुरु भएयता मात्र भारतका विभिन्न स्थानबाट ६३ जना नेपाली भारतीय र नेपाली प्रहरीको आँखा छलेर सर्लाही छिरिसकेका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com