कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा देखियो कोरोना


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

थप परीक्षणका लागि शुक्रबार नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पठाइएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको प्रवक्रा दिव्यराज कट्टेलले जानकारी दिए ।

त्यसको रिपोर्ट आजै आउन सक्ने उनले बताए । उनले भने, ‘कोसी अस्पतालमा पीसीआर टेस्ट गर्दा रिपोर्ट पोजिटेभ आएकै हो । त्यसलाई थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । त्यहाँ परीक्षण भएपछि थप पुष्टी हुन्छ नै । ‘

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com