नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ थपिए


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले १४ जना थपिएको जानकारी दिए । उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारी फेसवुक पेजमा जानकारी गराएको छ ।

चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताए । बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो ।

यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो अधिकारीले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com