फेरी आईसोलेसनमा बिरामीको मृत्यु


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा मृत्यु हुनेको संख्या २ पुगेको हो ।

बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृतक इसरायल दुईदिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए ।

उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । मृतक इसरायललाई कोरोनाको लक्षणसंग मिल्ने गरि खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो ।

बिरामीको समयमा स्वाब परिक्षण नगरिएको मृतकका परिवारले बताएकाछन् । स्वास्थ्य कार्यालय बांकेका प्रमुख धिरजङ्ग शाहले निमोनीयका कारण मृत्यु भएको आफुले जानकारी पाएको बताउंदै स्वाव परिक्षणका लागि अस्पतालले नपठाएको बताउनु भयो ।

उहांले अस्पतालहरुले पठाएको स्वावलाई स्वास्थ्य कार्यालयले धिला नगरि परिक्षण गर्न बुटवल पठाउने ब्यवस्था गरिएको जानकारी दिनु भयो ।यस अघि बुटवल स्थित कोरोना बिशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com