कोरोना: एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित


प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २०२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित छ ।

जहाँ हालसम्म ५ हजार ११८ जनाले ज्यान गुमाएका छन् । त्यसपछि चीनमा ४ हजार ६३२, टर्कीमा २ हजार १७, इन्डोनेसियामा ५८२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्यामा एसियाली मुलुकमा भारत पाँचौ स्थानमा छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com