प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिनुभएकाे छ । साेमबार सांसद थापाले ट्वीटर मार्फत यस्तो सुझाव दिनुभएकाे हाे ।

उहाँले लेख्नु भएकाे छ- ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज’कर्कश ध्वनि’ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com