पाँच मिनेटमै कोरोना भए–नभएको पत्ता लगाउने किटको अन्तिम परीक्षण हुँदै


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

बेलायतको साउद वालेस विश्वविद्यालयले आधा घन्टाभित्रै कोरोना भाइरस परीक्षण गर्ने किटको विकास गरेको छ । उक्त किटले ठीकसँग काम गर्छ या गर्दैन भन्ने अन्तिम मेडिकल परीक्षण भइरहेको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले भने प्राथमिक चरणमा किटको नतिजा सकारात्मक देखिएको बताएको छ । यसका किसिमका परीक्षण किटहरू अन्य देशहरूमा पनि विकास भइरहेका  छन् ।

लन्डनको नर्विच अनुसन्धान केन्द्रले पनि यस्तै किसिमको परीक्षण किटको विकास गरिरहेको छ ।

त्यस्तै बेलायतको एक्सटर विश्वविद्यालयले पनि हाल कोरोना संक्रमण भए–नभएको तथा संक्रमण भएर निको भएको वा नभएको दुवै परीक्षण गर्न सक्ने किसिमको किटको विकास गरेको छ । यो किट पनि अन्तिम परीक्षणका क्रममा रहेको छ ।

एक्सटर विश्वविद्यालयको टिमले अहिले बेलायतका एसटी थोमस अस्पतालमा किटको परीक्षण भइरहेको जनाएको छ । परीक्षण किटले सकारात्मक काम गऱ्यो भने परीक्षणको नतिजा पाँच मिनेटमै देखिने विश्वविद्यालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com