रित्तै फर्कियो अमेरिकी जहाज


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन ।

अमेरिकी जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए । अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौँबाट भने रित्तै फर्किएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com