नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

उदयपुरमा आज थप ११ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सङ्क्रमण देखिएको थियो ।

उहाँले ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिनुभयो ।यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यो तीन महिनामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा सङ्क्रमण देखिएको थियो ।

प्रवक्ता अधिकारीका अनुसार आज पुष्टि भएका सङ्क्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् ।

उनीहरु सबैको बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका सङ्क्रमितको संसर्गमा रहेका २६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको सङ्क्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो ।

यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा सङ्क्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा रहेका सङ्क्रमितमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com