नेपालमा ५ जना कोरोना संक्रमित निको भएर घर फर्किए


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

कोरोनाभाइरस पुष्टि भइ विभिन्न अस्पतालमा उपचाररत ५ जना निको भएर घर फर्किएका छन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो ।

अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।

सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिला पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com