नेपालमा कोरोना संक्रमितको संख्या ४५,आज ३ थपिए


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन ।

यस्तै ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालका एक र टेकुका एक जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com