‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए । विगत लामो समयदेखी एकताको प्रयास गरेपनि असफल भएका दुई दल गएराति एकता गर्न सहमत भएका हुन् ।

एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो । झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन । दर्ता नम्बर १३८८ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com