विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकरात्मक


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक  हुनुभएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यसबारेमा आफुले कानुनी छलफल समेत थालेको ओलीले प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।

पार्टी फुटाउन चाहिने सांसद र केन्द्रीय समितिको सङ्ख्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रै र बाहिरबाट  चौतर्फी आलोचना भैरहेको छ । यसबारमा तत्काल स्थायी कमिटिको बैठक बोलाउन पनि प्रधानमन्त्री ओलीलाई दबाब परेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com