थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उदयपुरकी ५५ बर्षीया एक महिलालाई हिजो नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि आज मात्र उनको बारेमा मन्त्रालयले सार्वजनिक गरेको हो ।

उनको हाल विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । यसैगरी जनकपुरमा एक १४ बर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पत्रकार सम्मेलनमा कुल ४३ हजार ७२२ को परीक्षण सम्पन्न भएको जानकारी दिदै प्रवक्ता देवकोटाले कुल १० हजार ५ सय ७३ जनामा क्वारेन्टाइनमा रहेको बताउनुभयो । यस्तै २ सय ७८ जना रेडजोनमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com