प्रदेश १ मा सङ्क्रमितको संख्या ३१


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com