राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता, भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच टेलिफोन वार्ता भएको छ । सोमबार साँझ दुई समकक्षीबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने उद्घोष समेत गर्नुभएको छ ।

उहाले कोरोनाविरुद्धको लडाइँमा नेपाललाईसहयोग गर्ने प्रतिबद्धता समेत दोहो-याउनु भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले अनलाइन संस्करणमा लेखेको छ । टेलिफोन संवादमा सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताउनु भएको छ ।

संवादमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी गर्नुभएको थियो । सीले निन्तर सहयोगको प्रतिवद्धता जनाउनु भएको थियो । साथै टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । साथै उहाले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com