वृद्धभत्ता चोरी पक्राउ


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको रु १२ हजार चोरी गरी फरार थिए ।

मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com