दुई जना कोरोनाभाइरस संक्रमित फेला, रेड जोनमा ३ सय १५


प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको छ । यसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर प्रविधिबाट हालसम्म १२ हजार ५७७ जनाको परीक्षण भइसकेको छ भने आरडीटी प्रविधिबाट ४७ हजार ७९७ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४६१ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रदेश १ मा ५०८९, प्रदेश २ मा ५६१७, बागमती प्रदेशमा ८४९४, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ४०३५, कर्णाली प्रदेशमा ५५६७, सुदूरपश्चिम प्रदेशमा १३५८४ जनाको आरडीटी विधिबाट परीक्षण भएका छन् ।

अहिले क्वारेन्टाइनमा २४ हजार ९०७ जना रहेका छन् भने काठमाडौँमा ५ जना गरी आइसोलेसनमा ९४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सम्भावित संक्रमितका रुपमा रेड जोनमा ३ जना थपिएका छन् । रेड जोनमा हाल ३ सय १५ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com