नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७५


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

नेपालगञ्जका १६,२१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । योसहित संक्रमितको संख्या ७५ जना पुगेको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com