लकडाउनबारे भोलिमात्रै निर्णय गर्ने


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ । सोमबार बसेको समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी सचिव नारायण विडारीले जानकारी दिए । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।

‘जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको छ । अझैपनि थप तथ्यांक प्रदेश र स्थानीय तहबाट लिने क्रम जारी छ । अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी छ’,सचिव विडारीको भनाई छ । उनका अनुसार मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे भोलिको समितिको बैठकले मनित्रपरिषदलाई खाका पठाउने जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com