नेपालमा थप १३ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ३४


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।

सोमबारसम्म नेपालमा कोरोना संक्रमितको सख्या १ सय ३४ पुगेको छ । सोमबार मात्र २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com