पर्सामा ३९ जना संक्रमितमा २ जना पत्रकार


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

वीरगन्जमा मंगलबार कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् । वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् ।

‘शुक्रबार र शनिबार संकलन गरिएको ६ सय ७७ नमुना मध्ये ३ सयको परीक्षण गर्दा ३९ जनाको पोजेटिभ पुष्टि भएको हो,’ डा. उपाध्यायले भने, ‘त्यसमा २ जना पत्रकारसमेत हुनुहुन्छ ।’ गत शनिबार वीरगन्ज महानगरपालिका– २ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com