नेपालमा संक्रमितको संख्या २ सय ८,नर्स पनि संक्रमित


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

साथै कपिलवस्तु अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्स कोरना संक्रमित भएको स्वास्थय कार्यालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com