भक्तपुरका संक्रमित तराईबाट आएका थिए


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो । तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com