नेपालमा संक्रमितको संख्या २ सय १९, प्रदेश २ मात्र ९६ जना संक्रमित


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

नेपालमा हालसम्म २१९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

आज कपिलवस्तुका २२ वर्षीय पुरुष र बाँके जिल्लाका ३६ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । यता, बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष ११ औँ दिनमा चितवनमा ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट २१ हजार ३४० जनाको तथा ६० हजार ३१९ जनाको आरडीटी परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३५७ पीसीआर परीक्षण र ६९२ वटा आरडीटी परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन् भने आइसोलेन २४५ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com