कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

कपिलवस्तुमा थपिएको नयाँ ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ ।

कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ३ जनामा कोरोना भएको हो ।

प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसंधानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो । ८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको विज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ३ जना सुरक्षाकर्मी समेत रहेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com