काठमाडौंमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी कोरोना परीक्षण गरिने


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ । परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिने तयारी मन्त्रालयले गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com