क्वारेन्टीनबाट युवती फरार


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

नेपालको  बर्दिया मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टीनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com