कोरोनाका कारण शताब्दीको सबैभन्दा ठूलो संकट पैदा : राष्ट्रपति भण्डारी


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ कारण शताब्दीको सबैभन्दा ठूलो संकट पैदा भएको बताउनु भएको छ । उहाँले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले अहिलेको स्वास्थ्य सुविधा कोभिड १९ लागि अपर्याप्त रहेको उल्लेख गर्नुभयो ।

उहाँले कोभिड १९ को संकट उत्पन्न भएदेखि नेपाल सरकारले स्पष्ट रणनीति भएको बताउँदै त्यसकै कारण नेपालीको जीवनरक्षा भएको समेत बताउनुभयो ।

भण्डारीले दीगो विकासको लक्ष्यमा व्यवधान आएको बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोनासँग लड्न मौजुदा स्वास्थ्य सेवा तथा सुविधा अपर्याप्त रहेको प्रष्ट भएको पनि बताउनुभयो ।

उहाँले संसारभरकै स्वास्थ्य सेवा र सुविधामा यसले चुनौति दिएको बताउनुभयो । भण्डारीले कोरोनाका कारण पर्यटन ध्वस्त भएको र उद्योग बन्द व्यवसाय बन्द हुने अवस्थामा पुगेको पनि बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com